
काठमाडौँ, १५ भदौ । सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार पुरा हुन अझै केही दिन लाग्ने भएको छ ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बुधबार ओलीको उपचार प्रक्रिया पूरा हुने जानकारी दिएका छन् । १२ वर्षअघि मिर्गोलाको प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली यही भदै ५ गते उपचारका लागि दोस्रो पटक सिंगापुर गएका थिए।
उनको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा भदौ ६ गतेबाट उपचार भइरहेको छ।
सिंगापुरमा ओलीको शरीरमा प्रत्यारोपण गरेको मिर्गौलामा बढेको एन्टीबडी झार्न प्लाज्मा फेरेसिस गरिँदै आएको छ । अहिलेसम्म पाँचौ चरणको प्लाज्मा फेरेसिस पूरा भइसेकेको छ ।
सम्माननीय प्रमको प्लाजा फेरेसिस प्रकृयाबाट मृगौलासम्बन्धी एन्टबडीलाई निराकरण गर्ने उपचार जारी छ। प्रमसँगै रहनुभएका उहाँका निजी चिकित्सक डा दिलिप शर्माका अनुसार भोलि सोमबार छैठौं र बुधबार सातौं चरणको प्रकृया सम्पन्न भएसँगै उपचार पूरा हुनेछ। प्रमको स्वास्थ्य अवस्था सामान्य छ।
— Kundan Aryal (@TheRealKalamchi) September 1, 2019
प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिलिप शर्माका अनुसार सोमबार छैठौं र बुधबार सातौं चरणको प्रक्रिया सम्पन्न भएसँगै उनको उपचार प्रक्रिया पूरा हुनेछ।
प्रेस सल्लाहकार अर्यालले सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् । उनले प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य रहेको अर्यालले जानकारी दिएका छन् ।
बुधबार सातौँ चरणको प्लाजा फेरेसिसपछि प्रधानमन्त्रीको सवस्थ अवस्थाको टुंगो लाग्ने र त्यसपछि थप अस्पताल बस्नु पर्ने नपर्नेबारे थाहा हुने बताइएको छ ।











प्रतिक्रिया