काठमाडौँ, १४ भदौ । गृह मन्त्रालयले ३५ जना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)को सरुवा गरेको छ ।
मन्त्रीस्तरीय निर्णय अनुसार महानगरीय ट्राफिक महाशाखा प्रमूखमा भिम ढकाल र ललितपुर प्रहरी प्रमुखमा एसएसपी टेकप्रसाद राईको सरुवा भएको छ ।
अहिलेका ललितपुर प्रहरी प्रमुख एसएसपी रबिन्द्रसिंह धानुकको प्रहरी मुख्यालयको कार्य बिभागमा सरुवा गरिएको छ ।
बुटवल तालीम केन्द्रको समादेशकमा डा. गणेश रेग्मी, पोखरामा दिवेश लोहनी, दुधौलीमा सन्दीप भण्डारी, नेपालगन्जमा मसाउद आलम खाँ, दिपायलमा प्रदीपकुमार श्रेष्ठ र जनकपुर तालिम केन्द्रमा हरीराज वाग्लेको सरुवा भएको छ ।
त्यसैगरि प्रहरी युक्ति तालिम महाबिद्यालय जर्गाहा नवलपरासीको प्रमुखमा एसएसपी वसन्त कुवँरको सरुवा भएको छ । संघीय प्रहरी इकाई कार्यालय धरानमा शौरभ राणा, लुम्बिनीमा मोहनराज शर्मा, जनकपुरमा किशोर दाहालको सरुवा गरिएको हो ।















प्रतिक्रिया