१२ मंसिर २०८३, शनिबार

विपक्षी दलका नेतासँग पर्यटन मन्त्रीको भेट

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई पर्यटनमन्त्री योगेश भट्टराईले शनिबार बुढानिलकण्ठमा भेट गरेका छन् ।

देउवा निवास बूढानीलकण्ठमा भट्टराई पुगेका थिए । बुढानिलकण्ठ मन्दिर पुगेर उनी त्यहाँ पुगेका हुन् ।

सत्तारुढ दल र प्रतिपक्षी दलबीच कुनै सहकार्य र छलफल नभएका बेला भिजिट नेपाल २०२० का विषयमा परामर्श गर्न भट्टराई पुगेको बताइएको छ ।

भट्टराईले आफूले सम्हालेको मन्त्रालयका तर्फबाट भईरहेका काम, केही दिन पहिले सार्वजनिक गरेको मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा देउवासँग परामर्श गरेको बताए ।