६ कार्तिक २०८३, शुक्रबार

रोकिएन गाई तस्करी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, १४ भदाै । सीमावर्ती भारतीय बजारतर्फ राष्ट्रिय जनावर गाईको तस्करीले निरन्तरता पाएपछि नेपालमा गाईगोरुको अभाव हुँदै गएको छ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

गाईको दूध खान–बेच्न वा गोरुलाई जोत्ने गाडा चलाउने कामका लागि नभई मासुका लागि चौपाया भारत र बंगलादेशतर्फ अवैध निकासी हुन थालेको भन्सार कार्यालयका कर्मचारी बताउँछन्।

सरकारले गाई निकासीमा प्रतिबन्ध लगाए पनि थारा गाईलाई गोरुसँगै भारततर्फ लैजाने र भारतीय व्यापारीले खरिद गर्दासमेत कतैबाट उजुरी नआएको प्रहरीको भनाइ छ। रोकथाम गर्ने निकायलाई थामथुम गरेर दैनिक अवैध निकासी हुने गरेको राजविराजका अरुण तिवारीले बताए।

खुला सीमाको फाइदा उठाउँदै भारततर्फ तस्करी गरिएको प्रतिबन्धित गाई प्रहरीले फाटफुट रूपमा बरामद गरे पनि ठूलो संख्यामा हुने निकासीतर्फ आँखा चिम्लिएको गौ संरक्षण अभियानकर्ताको आरोप छ।

सीमानाकामा प्रहरी, प्रशासनले अनुगमन नगर्दा जिल्लामा गाईको अवैध व्यापार फस्टाएको गौ संरक्षण अभियान राजविराज–६ का खुसीलाल यादवले बताए।

जिल्लाका कतिपय सहायक नाकाबाट ट्रकमै लोड गरेर गाईगोरु निकासी गरिन्छ भने त्यत्तिकै संख्यामा गाईलाई हिँडाएरै भारत लगिन्छ। यता, बरामद भएका गाईगोरु पनि प्रहरीले बुझाएकै दिन तस्करले भन्सार कार्यालयमा सेटिङ मिलाई न्यून मूल्यमा डाँक सकारेर लैजाने गरेका छन् ।