१२ मंसिर २०८३, शनिबार

सडकका लागि टन्टलापुर घाममा सडकमै ‘गगन धर्ना’

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ भदौ । काठमाडौं क्षेत्र नम्बर ४ को सडक तत्काल बनाउन माग गर्दै सोही क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका सांसद गगन थापा आफैं धर्नामा उत्रिएका छन् ।

उनीसहित काठमाडौंका ४ का स्थानीयबासीले पुल्चोकस्थित सडक विभागको कार्यालय चाकुपाटमा धर्ना दिएका हुन् । ठेक्का लागेको ९ बर्ष बितिसक्दा पनि सडक नबनाएको विरोधमा सांसद थापाको नेतृत्वमा काठमाडौं ४ का जनताले धर्ना दिएका हुन् ।

काठमाडौं ४ अन्तर्गत कपन र बुढानीलकण्ठ क्षेत्रमा १२ ओटा सडक विस्तारका क्रममा छ । तर, ठेक्का लागेको लामो समय भइसक्दा पनि काम सम्पन्न नभएपछि शैलुङ कन्ट्रक्सन लगायतका निर्माण कम्पनी विरुद्ध धर्ना दिएका छन्।

सडकको काम २० प्रतिशत भन्दा कम मात्रै काम भएको र फेरि पुरानै कम्पनीलाई २ वर्षको म्याद थप गरी ठेक्का दिन लागेपछि धर्नामा बस्नुपरेको उनीहरुले बताएका छन् ।

कांग्रेस सांसद थापाले अझै आफूहरुको माग सुनुवाई नभए सडक विभाग र मन्त्रालयबिरुद्ध सुरु भएको सडक संघर्षलाई सिंहदरबार भित्र लैजाने चेतावनी दिए ।

उनीहरुले करिव एक घन्टा धर्ना दिएका थिए ।

काठमाडौँ क्षेत्र नं ४ भित्र दर्जन बढी सडक निर्माणधीन छन् । अधिकांश सडकको ठेक्का शैलुङ कन्ट्रक्सन कम्पनीले लिएको छ । शैलुङ कन्ट्रक्सनले भक्तपुर नगरकोट सडक अलपत्र पारेको भन्दै स्थानीय आन्दोलनमा छन् ।

संसद्को विकास समितिले अनुगमन गरेर निर्माण सम्पन्न गर्न सचेत गराएको छ भने चाबहिल जोरपाटी सडक खण्डको बाँकी काम सम्पन्न गर्न पुनः बोलपत्र आह्वान गरिएको छ । यहि निर्माण कम्पनीले कपन क्षेत्रको खानेपानी सम्बन्धी निर्माणको ठेक्का भर्खरै पाएको छ ।