१५ कार्तिक २०८३, आइतबार

नेकपा सुनसरीका नेता अइन्द्र बेघाको दुर्घटना, उपचार हुँदै

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, १३ भदौ । नेपाल कम्युनिस्ट पार्टी १ नं प्रदेश कमिटी सदस्य अइन्द्रबिक्रम बेघा दुर्घटनामा परी घाइते भएका छन् ।

धरान १७ स्थित घोपामा बेघा चढेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ट्याक्टरले ठक्कर दिँदा उनी घाइते भएका हुन् ।

घाइते बेघालाई तत्काल उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । उनको प्रतिष्ठानस्थित आकस्मिक कक्षमा उपचार भइरहेको छ । प्रतिष्ठानस्थित प्रहरी पोष्टका अनुसार घाइते बेघाको खुट्टामा चोट लागेको छ भने जीउमा पनि सामान्य चोटपटक छ ।

बेघा गत स्थानीय निर्वाचनमा धरान उपमहानगरपालिकाका लागि तत्कालिन माओवादी केन्द्रबाट मेयरमा पराजित भएका थिए ।