
काठमाडौं, १३ भदौ । डेढ महिनादेखि संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीस्थित मफरक अस्पतालमा अचेत अवस्थामा रहेका उदयपुर पुरानदहका ३८ वर्षीय केदारकुमार कठायतको बिहीबार बिहान मृत्यु भएको छ ।
उनी सेक्युरिटी मिडिल इस्टमा कम्पनीमा कार्यरत कठायत व्यायाम गर्ने क्रममा बेहोस भएपछि अस्पतालमा भर्ना भएका थिए । गत जुलाई १२ ताखिरमा उनलाई साथीहरु र भिनाजु शेखर चौधरीले अस्पताल लगेका थिए ।
रिपोर्टअनुसार उनको शरीरमा रगत जमेको र अन्य भागमा रगत सर्कुलर हुन नसकेपछि मिर्गौलाले काम गर्न छाडेको थियो । उपचारका क्रममा सुधार जस्तो देखिए पनि अचानक उनको मृत्यु भएको हो ।
उनको शव खालिफा अस्पतालमा राखिएको छ । उनको शव चाडैँ नेपाल फर्काउन दूतावाससँग समन्वय भइरहेको छ ।











प्रतिक्रिया