६ कार्तिक २०८३, शुक्रबार

प्रहरीका ठेकेदार भारती सीआइबी नियन्त्रणमा

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । नेपाल प्रहरीका विभिन्न ठेक्कामा काम गरिरहेका ठेकेदार शम्भु भारतीलाई केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)ले नियन्त्रणमा लिएको छ ।

सुडान घोटाला काण्डमा दोषी देखिएर फरार रहेका भनिएका भारतीलाई ललितपुर निवासबाट पक्राउ गरिएको छ  । सीआइबीले उनलाई सर्वोच्च अदालतमा बुझाउनेछ ।

फरार सूचीमा रहेका कारण उनलाई नियन्त्रणमा लिएर अदालतमा बुझाइने भएको हो ।

सर्वोच्च अदालतले भारतीलाई १४ करोड २० लाख विगो र जरिवानासहित एक वर्ष जेल सजाय फैसला गरेको थियो । भारती निर्माण कम्पनी अस्योर्ड रिक्स लिमिटेड, लन्डनका स्थानीय प्रतिनिधि एवं भगवती ट्रेडर्सका सञ्चालक थिए ।

यो कम्पनीलगायत भारतीको स्वामित्वमा रहेका अन्य कम्पनीले पनि प्रहरीमा अहिले पनि विभिन्न शीर्षकमा ठेक्काको काम गरिरहेको छ ।