१५ कार्तिक २०८३, आइतबार

भाेजपुरमा वडा कार्यालयमा तालाबन्दी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर, १३ भदाै । भाेजपुर जिल्लामा वडाबाटै नागरिकको काममा अवरोध पुर्‍याएको भन्दै अरुण गाउँपालिका–६, जरायोटारमा स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

वडाध्यक्षले प्रदेश १ सरकारमार्फत दिएको बजेटले लिफ्टिङ्ग खानेपानी आयोजना सञ्चालनको लागि सिफारिस माग्दा नदिएपछि स्थानीयले ताला लगाएका हुन् ।

विनियोजीत बजेटको कार्यक्रम सञ्चालनमा वडाध्यक्ष ज्ञानेन्द्र दाहालले सकारात्मक नदेखिएकोले तालाबन्दी गरेको कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष शेरवहादुर श्रेष्ठले बताए ।

योजना कार्यान्वयन गर्न आयोजनाबाट लाभान्वित वडा नम्बर ६ र ७ जरायोटारका सर्वसाधरणको समिति निर्माण गरिएको छ । खानेपानी आयोजनाका लागि प्रदेश १ सरकारले ३० लाख बजेट विनियोजन गरेको छ ।