६ कार्तिक २०८३, शुक्रबार

अब टेलिभिजनमा विदेशी विज्ञापन नआउने, विज्ञापन नियमन ऐन पारित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदाै । नेपालमा डाउनलिंक अनुमति लिई प्रसारण हुने विदेशी च्यानलाई विज्ञापनरहित (क्लिन फिड) बनाउने गरी सरकारले संसद्मा दर्ता गरेको ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बिहीबार प्रतिनिधिसभाबाट पारित भएको छ ।

विधेयक पारित भएसँगै मुलुकको राजस्व वृद्धि र रोजगारीका लागि क्षेत्र विस्तार भएको छ । उपभोक्तसँग ठूलो मात्रामा शुल्क लिएर विदेशी च्यानल वितरण गर्दै आएका सेवा प्रदायकहरूलाई नियमन गर्न आएको कानूनको सबैतिरबाट स्वागत भएको छ ।

विधेयकमा क्लिन फिडको व्यवस्था गर्दा सबै किसिमका विज्ञापन स्वदेशी सञ्चारमाध्यमबाट प्रसारण गरी स्वदेशी विज्ञापन बजारलाई विस्तार गर्न मद्दत पुग्नेछ ।

यसअघि सरकारले २०७३ मा नै क्लिन फिडको नीति ल्याए पनि सेवा प्रदायक कम्पनीहरूको विरोधका कारण कार्यान्वयनमा आउन सकेको थिएन ।

विधेयक पारित भएपछि विज्ञापनका माध्यमबाट राजस्व र रोजगारीमा वृद्धि गरी विदेशी च्यानलको नाममा ठूलो मात्रामा हुने विदेशी मुद्राको बहिर्गमनलाई घटाउने विश्वास लिइएको छ ।

क्लिन फिडको व्यवस्था हुँदा नेपालमा डाउनलिंक अनुमति लिई प्रसारण भएका विदेशी टेलिभिजन च्यानल उपभोक्ताले स्वच्छ र सफा रूपमा हेर्न पाउनेछन् ।

बहुराष्ट्रिय कम्पनीका उत्पादनको विज्ञापनलाई स्वदेशी च्यानलबाटै प्रसारण गराई स्वदेशी विज्ञापन एजेन्सी र टेलिभिजन च्यानलहरूलाई आत्मनिर्भर बनाउनेछ ।

स्वदेशी च्यानलहरूमा बहुराष्ट्रिय कम्पनीका विज्ञापन वृद्धि गराई उनीहरूका कार्यक्रमको गुणस्तर वृद्धि गर्न मद्दत पुग्नेछ । स्वदेशी कार्यक्रमको गुणस्तर वृद्धि गराई विदेशी च्यानलबाट हुने भाषिक तथा सांस्कृतिक अतिक्रमण न्यून हुनेछ ।