६ कार्तिक २०८३, शुक्रबार

सरकार छोड्ने समाजवादीको ‘घुर्की’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदाै । सत्तारूढ दल समाजवादी पार्टीले सरकार छोडने ‘घुर्की’ देखाइरहेको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी समाजवादीले ‘विगतको सहमति कार्यान्वयन नभएको’ भन्दै सरकार छोडने घुर्कीलाई निरन्तरता दिएको हो ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीसमेत रहेका समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक कार्यक्रममै ‘विगतको सहमति कार्यान्वयन नभएको’ भन्दै सरकार छोड्ने चेतावनी दिइरहेका छन्् ।

तत्कालीन संघीय समाजवादी फोरम नेपाल १४ जेठ २०७५ मा दुई बुँदे सहमति गरेर सरकारमा सहभागी भएको थियो । तर, अहिलेसम्म सहमति सम्बोधन हुन नसकेको उसले जनाएको छ ।

संविधान संशोधनलगायतका मुद्दा उठाउँदै आएको समाजवादीले सरकारमा सहभागी भएको एक वर्ष बढी समय बिते पनि न माग सम्बोधन गराउन सकेको छ, न त सरकार नै छोडेको छ ।

यही कारण पार्टीको आलोचनासमेत भइरहेको छ । तर, समाजवादी नेताले ‘माग सम्बोधन नभए सरकार छाड्ने’ चेतावनी दिन भने छोडेका छैनन् ।

समाजवादी महासचिव रामसहाय यादवले विगतको सहमति कार्यान्वयनका लागि सरकारलाई दबाब दिइरहेको दावी गरे । सहमति कार्यान्वयन नभए सरकारको विषयमा पुनर्विचार गर्न सकिने उनको कथन छ ।

‘सरकारमा सहभागी भए पनि विगतको सहमति अहिलेसम्म कार्यान्वयन भएको छैन,’ महासचिव यादवले भने, ‘सहमति कार्यान्वयन नभए सरकारको विषयमा पुनर्विचार गर्न सक्छौं ।’