६ कार्तिक २०८३, शुक्रबार

सीमा स्तम्भमा आधा काम

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदाै । पाँच वर्ष अवधिमा नेपाल–भारत सीमा व्यवस्थापनमा आधा काममात्रै भएको छ। सन् २०२२ भित्र दुई देशबीच रहेको सीमांकन र सीमा विवाद टुंग्याउने लक्ष्य छ।

सीमा व्यवस्थापन कार्य सन् २०१४ देखि सुरु भएको थियो । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठले तोकिएको समयमा सकिनेमा आंशका व्यक्त गरे। ‘समयमा काम सम्पन्न हुने लक्षण छैन,’ उनले भने, ‘मर्मतसम्भार, नयाँ निर्माण देखि जीपीए प्रविधिबाट पुनस्र्थापना गर्नु छ, अबको तीन वर्षका कसरी काम सकिन्छ र ? विवादित क्षेत्र त धेरै छन्।’नेपाल–भारत सीमामा रहेका ८ हजार ५ सय ५४ सीमा स्तम्भमध्ये अझै ३ हजार ६ स्तम्भ पुनर्निर्माण हुन बाँकी छ।

यस्तै १ हजार ३ सय १४ स्तम्भ मर्मत गर्न बाँकी छ। नापी विभागका अनुसार हालसम्म २ हजार ३५ सीमास्तम्भ पुनर्निर्माण सकिएको छ। यस्तै १ हजार ६ सय ९९ सीमा स्तम्भ मर्मत गरिएको छ।

सीमांकन थालिएको पाँच वर्षमा यस वर्ष सबैभन्दा धेरै काम भएको नापी विभागको दाबी छ। २०१८÷१९ मा १ हजार १ स्तम्भ पुनर्निर्माण भएको छ भने २ सय ६९ को मर्मतसम्भार गरिएको छ। सरकारले इच्छाशक्ति देखाए दुई वर्षमै काम सकिने विभागका अधिकारी बताउँछन्।