
काठमाडौँ, ११ भदौ । सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था समान्य रहेको रहेको जानकारी प्राप्त भएको छ ।
प्रधानमन्त्री प्रमुख ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले आज ट्वीट गरेर दिएको जानकारीअनुसार प्रधानमन्त्रीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार जारी छ । यो उपचार प्रकृया अर्को सातासम्ममा पूरा हुनेछ ।
उनका अनुसार प्रधानमन्त्रीका निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाह भने बुधबार स्वदेश फर्केकी छिन् ।
प्रधानमन्त्री ओलीकाे उपचार भदाै ८ गतेदेखि सिगापुरस्थित नेसलन युनिभर्सिटी हस्पिटलमा ‘प्लाज्माफेरेसिस’ गर्न थालिएको हाे । चिकित्सकका अनुसार, ‘प्लाज्माफेरेसिस’ भनेको रगत ‘फिल्टर’ गर्ने प्रक्रिया हो । यसमा रगत ‘फिल्टर’ गरेर रगतमा रहेका हानिकारक ‘एन्टीबडिज’लाई बाहिर निकाल्ने गरिन्छ ।
प्रधानमन्त्री ओलीको १२ वर्ष अघि मिर्गौला प्रत्योरोपण गरिएको थियो । चिकित्सकका अनुसार, अंग प्रत्यारोपण गरेपछि शरीरले तत्काल चिन्दैन । चिन्न थालेपछि ‘एन्टिबडिज’ उत्पादन गर्छ ।
प्रधानमन्त्रीको शरीरले १२ वर्षपछि ‘एन्टिबडिज’ उत्पादन गर्न थालेको हो । यसअघि औषधिको सेवनले गर्दा शरीरले प्रत्यारोपण गरिएको मिर्गौला चिन्न सकेको थिएन् । अहिले औषधिले काम गर्न छोडेपछि शरीरले मिर्गौला चिन्न थालेको हो । प्रायः मिर्गौलाले काम नगर्दा रगत ‘फिल्टर’ हुँदैन । जसले गर्दा डायलासिस आवश्यक पर्छ ।
प्रधानमन्त्री ओलीको भने डायलासिस नगरेर ‘प्लाज्माफेरेसिस’ गर्न थालिएको हो। यो डायलासिस जस्तै प्रक्रिया हो । डायलासिसमा पनि रगत ‘फिल्टर’ गरिन्छ । यसमा रगत ‘फिल्टर’ गर्दा ‘प्लाज्मा’मा रहेका हानिकारक ‘एन्टिबडिज’ निकालिन्छ ।
यस अघि पनि प्रधानमन्त्री ओलीको सिंगापुरकै नेसलन युनिभर्सिटी हस्पिटलमा उपचार गरिएको थियो । साउन १८ गते सिंगापुर गएका प्रधानमन्त्री ओली साउन २७ गते फर्किएका थिए ।
सम्माननीय प्रधानमन्त्रीज्यूको प्लाज़्मा फेरेसिस प्रकृयाबाट उपचार जारी छ।
उहॉको नीजि चिकित्सक प्रा. डा. दिव्यासिंह शाह आज स्वदेश फर्कनु भएको छ ।
उहॉको अनुसार यो उपचार प्रकृया अर्को साता सम्ममा पुरा हुनेछ।
सम्माननीय प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था हाल सामान्य स्थितिमा छ।
— Bishnu Rimal (@BishnuRimal) August 28, 2019















प्रतिक्रिया