– ईश्वर भट्टराई
मोरङ ११ फागुन । पूर्वाञ्चल क्षेत्रमा रंगविटका सञ्चारकर्मीलाई समेटेर पूर्वाञ्चल चलचित्र पत्रकार संघ गठन गरिएको छ । पूर्वमा रहेर रंग पत्रकारितामा कलम चलाईरहेका पत्रकारहरू संगठित भएर संगठन खालेका हुन् ।
संगठनबाट रंग विधा अन्तरगत पर्ने कला, मनोरञ्जन र चलचित्रसम्बन्धि समाचार लेख्दै आएका पत्रकारहरू संगठित भएका छन् ।
नेपाल पत्रकार महासंघ मोरङ शाखाको सम्पर्क कार्यालय पथरीशनिश्चरेमा भएको भेलाले झापा, मोरङ र सुनसरीका रंग पत्रकारहरूको तदर्थ समिति गठन गरेको हो ।
समितिको अध्यक्षमा सन्तोष राई हुनुहुन्छ भने सचिवमा नरेन्द्र बस्नेत र सदस्यहरूमा तेजन खड्का, विवेक हाङ्माङ, किशोर श्रेष्ठ, मुना तामाङ, सञ्जु राई र अनिल श्रेष्ठ, रचना दुलाल रहनुभएको छ ।
रंग पत्रकारितालाई अझै प्रभावकारी बनाउनका लागि आफूहरू संगठित भएको अध्यक्ष राईले जानकारी दिनुभयो । उहाँले ६ महिना भित्रमा पूर्वको १६ जिल्लाका सक्रिय रंग पत्रकाहरूलाई समेटेर अधिवेशन गर्ने समेत जानकारी दिनुभयो ।
पूर्वमा रंग विधाका क्रियाकलापहरू बढ्दै गएको सन्दर्भमा पत्रकारितामार्फत यहाँको सकारात्मक र नकारात्मक कुराहरूलाई उजागर गर्न संघले महत्वपूर्ण भूमिका खेल्ने पूर्वज्योति साप्ताहिकका सम्पादक/प्रकाशक जग्गनाथ भट्टराईले विश्वास व्यक्त गर्नुभयो ।














प्रतिक्रिया