
काठमाडौँ, ९ भदौ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा लामिछानेलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
लामिछानेसँगै पक्राउ परेका युवराज कँडेललाई ३ लाख धराैटी र रुकु भन्ने नर्स अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत चितवनका रजिष्टार रुद्रमणि गिरीले लामिछानेलाई ५ लाख , कँडेललाई ३ लाख र नर्स कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिएको बताए ।
त्यसैगरी, जिल्ला अदालत चितवनले रवि लामिछानेले आफ्नो कार्यक्रम चलाउन पाउने तर शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा कहीँ कतै सार्वजनिक रुपमा बोल्न नपाइने लगायतका आदेश जारी गरेको छ । पूर्ण आदेशको बेहोरा तल समावेश गरिएको छ ।











प्रतिक्रिया