१२ मंसिर २०८३, शनिबार

शालिकराम पुडासैनीको हत्या कि आत्महत्या ? यस्तो आयो अटोप्सी रिपोर्ट

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ भदौ । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या नै गरेको पुष्टि भएको छ ।

रवि लामिछानेका समर्थकहरुले पुडासैनीले आत्महत्या गरेको नभइ उनको हत्या गरि रविलाई फसाउने षडयन्त्र भएको आरोप लगाउँदै आएका थिए ।

तर, जिल्ला प्रहरी कार्यालय चितवनले अदालतमा पेस गरेको कागजातमा पुडासैनीले आत्महत्या नै गरेको अटोप्सी रिपोर्ट पेस गरेपछि उनको मृत्युबारे चलेका अनेकन अफवाह र हल्लाहरुलाई चिरेको छ ।

माउन्टेन टेलिभिजनका निमित्त प्रबन्ध निर्देशक विप्लव पोख्रेलले समेत प्रहरी बयानका क्रममा आत्महत्या भन्दा दुई वा तीन दिन पहिले शालिकरामले आफू बिरामी रहेको र दबाई खाइरहेको कुरा आफूलाई बताएका बयान दिएका छन् ।

पुडासैनीले आफू बिरामी भएको भन्दै प्रेमिका अस्मितालाई समेत फेसबुक म्यासेन्जरमा लेखेका थिए । उनले अस्पतालको बिरामी पुर्जाको फोटोसमेत अस्मितालाई पठाएको देखिन्छ ।

पुडासैनीले माउन्टेन टेलिभिजनमा चलाउने कार्यक्रम मिसन न्युजको क्यामेरामेन ओमबहादुर भुजेलले शालिकरामले आफू चितवनको रामनगरस्थित एक होटलमा स्टिङ गर्न जान्छु भनेर चितवन गएको बताएका छन् ।

पत्रकार पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा कार्यक्रम प्रस्तोता लामिछाने, पत्रकार युवराज कँडेल र नर्स रुकु भन्ने अस्मिता कार्कीविरुद्ध जिल्ला अदालत चितवनमा मुद्धा दायर भएको छ ।

तीनै जनाको बयान सकिएपछि अहिले थुनछेक बहस चलिरहेको छ ।