१२ मंसिर २०८३, शनिबार

रवि लामिछानेका समर्थकले सार्वजनिक गाडीमा तोडफोड गरे

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, ९ भदौ । चितवनमा रवि लामिछानेका समर्थकले सार्वजनिक गाडीमा तोडफोड गरेका छन् ।

रविको समर्थनमा उत्रिएका प्रदर्शनकारीले दुइवटा गाडीमा तोडफोड गरेका हुन् ।

तोडफोडमै उत्रिएपछि प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरी हस्तक्षेपपछि केहीबेर दुई पक्षबीचमा झडप समेत भएको छ ।

चितवन प्रहरीका अनुसार प्रदर्शनकारीले सार्वजनिक गाडी तोडफोड गरेका र गस्तीमा रहेको प्रहरीमाथि ढुंगा प्रहार गरेपछि सामान्य बल प्रयोग गर्नु परेको हो ।

प्रहरीले केहीसेल अश्रुग्याससमेत प्रहार गरेको छ । तर, अहिले अवस्था नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

चितवन जिल्ला प्रशासन कार्यालयले जिल्ला अदालत र प्रहरी कार्यालय वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।