१२ मंसिर २०८३, शनिबार

रवि लामिछानेसहित तीन जनालाई बयानका लागि अदालत लगियो

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, ९ भदौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका  टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई बयानका लागि अदालत लगिएको छ ।

प्रहरी हिरासतबाट लामिछाने, पत्रकार युवराज कँडेल र नर्स रुकु भन्ने अस्मिता कार्कीलाई जिल्ला अदालत लगिएको हो । आज लामिछाने र कँडेलको बयानपछि थुनछेक बहस सुरु हुने जिल्ला अदालत चितवनले जनाएको छ ।

अस्मिताको हिजो नै बयान सकिएको थियो । पत्रकार पुडासैनीको आत्महत्या दुरुत्साहनमा तीनजना विरुद्ध हिजो चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

न्यायाधीशको उपस्थितिमा हुने बयानपछि आजै थुनछेक बहस हुनेछ । त्यसपछि सकभर आजै र बहस नसकिएमा भोलिसम्म निर्णय आउने छ ।

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर छाड्ने र तारेखमा रिहा गर्ने तीन विकल्पमा निर्णय गर्नेछ ।

पत्रकार पुडासैनीको मोबाइलमा भेट्टिएको भिडियोमा लामिछाने, कँडेल र कार्कीका कारण आफूले आत्महत्या गरेको उल्लेख छ । त्यसैका आधारमा प्रहरीले तीनजनालाई पक्रेको थियो ।

लगत्तै पीडित परिवारको तर्फबाट पुडासैनीकी श्रीमती सम्झनाले समेत तीनजनालाई आत्महत्या दुरुत्साहन अन्तरगत कारबाहीको माग गर्दै किटानी जाहेरी दिएकी छन् ।

यसैबीच, रविको समर्थनमा उग्र प्रदर्शन हुन थालेपछि चितवन प्रशासनले विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

यो पनि पढ्नुहोस्

-भरतपुरमा पाँच जनाभन्दा धेरै जम्मा हुन नपाइने, निषेधाज्ञा घाेषणा