चितवन, ९ भदाै । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेको समर्थनमा विरोध प्रदर्शन बढ्दै गएपछि चितवनको भरतपुर महानगरपालिकाका विभिन्न ठाउँमा निषेधाज्ञा लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति निकालेर सोमबार बिहान ६ बजेदेखि अर्को आदेश जारी नभएसम्म निषेधाज्ञा लगाएको हो । प्रशासनले हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा ५ जनाभन्दा धेरै मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा लगाइएको जनाएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १० मा रहेको मुद्दाको अनुसन्धान अभियोजन र न्यायिक निरुपण गर्ने निकाय रहेका क्षेत्रमा हुलदंगा र अशान्ति हुनसक्ने देखिएकाले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ क बमोजिम निषेधाज्ञा लगाइको विज्ञप्तिमा उल्लेख गरिएको छ ।











प्रतिक्रिया