१२ मंसिर २०८३, शनिबार

ट्रिपरले ३ बाइकलाई ठक्कर दिँदा १ जनाकाे मृत्यु, ३ जना घाइते

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ भदौ । सिनामंगलमा ट्रिपरले बाइकलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । बा ३ ख ४३१६ नम्बरको ट्रिपरले ३ वटा बाईकलाई हिर्काएको प्रहरीले जनाएको छ । ट्रिपरको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना गम्भीर घाईते भएका छन् ।

एयरपोर्टबाट आएको ट्रिपरले विपरित दिशाबाट आइरहेका ३ वटा मोटरसाइकललाई ठक्कर दिँदा घटना भएको हो ।

विपरित दिशाबाट आएको ट्रिपरले बा ८५ प ५६९, ज ४३ प ९७५३ नम्बरको मोटरसाइकल र नम्बर नखुलेको अर्को मोटरसाइकललाई ठक्कर दिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए ।

घाइतेहरुमध्ये एकको सिभिल अस्पतालमा उपचार भइरहेको छ भने २ जनाको केएमसी अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । ठक्कर दिने टिपर भागेको र खोजीकार्य भइरहेको प्रहरीले जनाइएको छ ।