१२ मंसिर २०८३, शनिबार

भीरबाट ढुङ्गा खस्दा १ जनाको मृत्यु तथा ७ जना घाइते

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


सिन्धुपाल्चोक, ८ भदौ । भीरबाट आइतबार बिहान ढुङ्गा खस्दा ३१ वर्षीय अनिल विकको घटनास्थलमै मृत्यु भएको छ । ढुङ्गा खस्दा चोट लागेर बर्दिया बराईयापाल गाउँपालिका १ बस्ने विकको मृत्यु भएको हो ।

जुगल गाउँपालिका २ लिदीमा रहेको बलेफी हाईड्रोपावरको इन्टेक क्याम्पमा लिदी भीरबाट ढुङ्गा खस्दा चोट लागेर उनको मृत्यु र ७ जना घाइते भएका हुन् । ढुङ्गाले लागेर घाइते भएका बर्दिया बराईयापाल गाउँपालिका १ बस्ने ४८ वर्षीय अमर बहादुर राना मगर समेत ७ जनालाई उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ ।

दुर्घटना भएको स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।