६ कार्तिक २०८३, शुक्रबार

राष्ट्रपति–प्रचण्ड भेटको मुख्य कारण के हुनसक्छ ?

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार भेटवार्ता गरेका छन् ।

नेकपाका नेताको कार्यविभाजनका विषयमा चासो दिएकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग सरकारको कामका विषयमा पनि कुराकानी भएको शितलनिवास स्रोतले जनाएको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको आइतबारदेखि नै सुरु भएको स्वास्थ्य उपचारका विषयमा पनि कुराकानी भएको बताइएको छ ।

राष्ट्रपति भण्डारीले सतहमा आएको प्रधानमन्त्री ओली र नेता माधवकुमार नेपालबीचको समस्याका बारेमा पनि प्रचण्डसँग चासो राखेकी थिइन् ।

यसअघि प्रचण्डले नीजि निवास खुमलटारमा नेता नेपालसँग सोही विषयमा कुराकानी गरेका थिए । नेता नेपालले प्रधानमन्त्री ओलीसँग टेलिफोन सम्पर्क गरेरै सहमतिका साथ अघि बढ्ने प्रतिबद्धता पनि गरेका थिए ।

राष्ट्रपति–प्रचण्डबीच अन्य विविध विषयमा कुराकानी भएको बताइएको छ ।