२ कार्तिक २०८३, सोमबार

एमाले अध्यक्ष ओलीको ६४ औं ‘बर्थडे’ आज: ओलीको इतिहासलाई फर्केर हेर्दा….

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oli

काठमाडौँ, ११ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आजबाट ६४ औँ बर्षमा प्रवेश गर्नुभएको छ ।

जन्मदिनको अवसरमा शुभकामना दिन आज बिहानैदेखि एमालेका नेता कार्यकर्ता तथा शुभेच्छकहरु एमाले अध्यक्ष ओलीको निवास बालकोटमा पुगेका छन् । अध्यक्ष ओलीलाई जन्मदिनको शुभकामना थाप्न भ्याइनभ्याई रहेको उहाँका स्वकीय सचिव रमेश आचार्यले जानकारी दिनुभयो ।

६४ बर्षलाई फर्केर हेर्दा…

नेकपा एमालेको नवौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित ओलीको जन्म वि.स. २००८ साल फागुन ११ गते तेह्रथुममा भएको थियो । मोहनप्रसाद र मध ओलीको निम्न मध्यम परिवारमा जन्मनुभएको केपी ओलीले एसएलसीसम्म अध्ययन गर्नुभएको छ ।

तेह्रथुमको पोखरी आठराईमा जन्मिएपनि ओलीको बाल्यकाल झापामा बित्यो । २०२३ सालदेखि नै प्रगतिशील राजनीतितर्फ झुकाव राख्ने ओलीले २०२६ सालमा पार्टी सदस्यता प्राप्त गर्नुभएको हो । २०२७ सालमा झापाको किसान आन्दोलनसंगै उहाँले सक्रिय कम्युनिष्ट जीवन सुरु गर्नुभयो । २०२९ सालमा आन्दोनकारी कमिटिको सचिव बन्नुभएका ओली २०३० देखि २०४४ सम्म जेलमा बस्नुभयो । १४ बर्ष जेलमा बिताएर मुक्त हुनुभएपछि ओली २०४४ सालमा नेकपा मालेको केन्द्रीय सदस्य बन्नुभयो ।

२०४७ सालमा प्रजातान्त्रिक राष्टिय युवा संघको संस्थापक अध्यक्ष बन्नुभएका ओली २०४८ र २०५१ सालमा एमालेको अल्पमत सरकारमा गृहमन्त्री बन्नुभयो ।

२०४९ सालमा सम्पन्न एमालेको पांचौ महाधिवेशनबाट स्थायी समितिमा निर्वाचित ओली त्यसपछि लगातार स्थायी समिति सदस्य रहनुभयो । पहिलो संविधानसभा निर्वाचनमा पराजित हुन पुगेका ओली दोस्रो संविधानसभाको निर्वाचनमा भारी मतका साथ विजयीमात्र हुनुभएन्, पार्टीको संसदीय दलको नेता समेत बन्नुभयो ।

असारमा सम्पन्न एमालेको नवौँ महाधिवेशनबाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभयो । अस्वस्थका बाबजुद पनि खरो रुपमा प्रस्तुत हुने उहाँको शैली कहिल्यै फेरिएन् । ओली एमाले भित्र माओवादीप्रति कडा रुपमा प्रस्तुत हुंदै आउनुभएको छ । माओवादीले एमालेकै कांधमा चढेर एमाले सिध्याउने गतिविधि गरिरहेको ओलीको अडान अहिले पनि यथावत छ ।

पछिल्लो समय उहाँको स्वास्थ्यमा समेत निकै सुधार भएको छ । त्यसैले पार्टीका कार्यक्रममा पनि उहाँ सक्रिय सहभागिता जनाउँदै आउनुभएको छ । जातिय राज्य र एक मधेश प्रदेशका विषयमा उहाँले लिनुभएको अडानलाई निकै प्रशंसाका रुपमा लिने गरेको छ ।
यो पनि पढ्नुहोस् :
यसरी मनाए एमाले अध्यक्ष ओलीले ६४ औं जन्मदिन (फोटोफिचरसहित)