१२ मंसिर २०८३, शनिबार

श्रीमतीलाई हसिँया प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


गोरखा, १ भदौ । आफ्नै १८ वर्षीया श्रीमती पुजा परियारको धारिलो हँसिया प्रयोग गरी हत्या गरेको अभियोगमा २० वर्षीय याकु परियारलाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका ९ लक्ष्मीबजार बस्ने याकुलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो ।

घटनाको सूचना पाएपछि अस्थाई प्रहरी पोष्ट लक्ष्मीबजारबाट खटिएको प्रहरीले याकुलाई पक्राउ गरेको हो ।  घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।