१२ मंसिर २०८३, शनिबार

पत्रकार पुडासैनी प्रकरणमा सांसद गहतराजले भने : किन हुलदंगा र होहल्ला भएको ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ भदौ ।  सांसद महेश्वरजंग गहतराजले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा होहल्ला या हुलदंगा गर्नु गलत भएको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा बोल्दै गहतराजले दोषी जोकोही भए कारबाही हुनुपर्ने बताए । ‘पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको घटनालाई लिएर रवि लामिछानेसहित पक्राउ परेपछि हुलहुज्जत गर्ने काम भइरहेको छ’, उनले भने, ‘अनुसन्धान गर्ने र दोषी प्रमाणित गर्ने काम प्रहरीको हो । यसविरुद्धको होहल्ला या हुलदंगा गलत काम हो ।’

उनले रविलाई चोखो भन्दै गरिएको आन्दोलनबारे पनि सरकारको ध्यानाकर्षण गराए । ‘मेरो मान्छे सुनपानीले चोखो हुन्छ, अपराधी हुँदैन भनेर नाराबाजी गर्नु गलत हो’, उनले भने, ‘यसतर्फ गम्भीर ध्यान जाओस् । आफ्ना मान्छेलाई चोखो र अरुलाई अपराधी देख्नु यो ठीक भएन ।’