२९ आश्विन २०८३, बिहिबार

को बन्दैछिन् मिस पूर्वाञ्चल ? (फोटोफिचर सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

miss purwanchal

धरान, १० फागुन । पूर्वी नेपालका युवतीहरुको प्रतिभा प्रस्फुटनका लागि हरेक वर्ष धरानमा आयोजना हुदै आएको सौन्दर्य प्रतियोगिता नेपाल आइस मिस पूर्वाञ्चलको छैठो संस्करणको तयारी भैरहेको छ ।

अहिले छैठौं नेपालआइस मिस पूर्वाञ्चलको पहिलो चरण्ँको अडिसन अन्तर्गत धरान र दमक अडिसन सकिएको छ । अडिसनमा २० युवतीहरु सहभागी थिए ।

दोस्रो चरण्ँ अन्तर्गत धरान, इटहरी, विराटनगरका कलेजहरुमा जाने कार्यक्रम रहेको क्रियटिव डाइरेक्टर राजेन्द्र रिमालले बताउनुभयो । अडिसनबाट छानिएका युवतीहरुलाई एक महिनाको प्रशिक्षण प्रदान गरिने छ । जसको कोरियोग्राफी प्रियँ रानी लामाले गर्दैछिन् । व्यक्तित्व विकास, उद्घोषण, र्‍याम्प वक, सौन्र्दय, सूचनासञ्चार, फेसन, मेकअप, इतिहास, पर्यटन, लगायतका विभिन्न विषयमा विभिन्न क्षेत्रमा विज्ञहरुबाट प्रशिक्षण गराइने छ ।

miss purwanchal1

पर्यटन, ट्राफिक सचेतना, सामाजिक कार्य, रक्तदान, सरसफाई लगायतका अघिल्ला वर्षका लोकप्रिय कार्यक्रमहरुलाई निरन्तरता दिनुका साथै स्कुटी र्‍याली, पूर्वका पर्यटकीय स्थलहरुको भ्रमण लगायतको कार्यक्रमहरु आयोजना गर्ने कार्यक्रम रहेको छ ।
मिस पूर्वाञ्चलका अन्य कार्यक्रमलाई पूर्वाञ्चल व्यापी बनाउन पूर्वका विभिन्न स्थानहरुमा कार्यक्रम अयोजना गरिने छ ।

4धरानमा आयोजना हुने फाइनल प्रतियोगिताबाट मिस पुर्वाञ्चल २०१५ सगै फस्ट रनर अफ, सेकेण्ड रनर अफ लगायत वेष्ट क्याटवल्क, फोटोजेनिक, पर्सनालिटी, स्माइल, ब्युटीफुल कम्प्लेक्सन, भ्युअर्स च्वाइस लगायतका विधामा समेत पुरस्कृत गरिनेछ ।

चैत्रको दोस्रो साता हुने ग्रान्ड फिनालेमा विजेताले यामाहा स्कुटीसहित मोडेलिङका विभिन्न अवसर सहित अन्य पुरस्कार प्राप्त गर्ने छिन् । त्यस्तै फष्ट रनरअपले नगद ४० हजार र सेकेण्ड रनरअपले नगद ३० हजार रुपैया प्राप्त गर्ने छन् ।

अन्य टाइटल विजेतालाई ७ हजार रुपैया नगद पुरस्कार सगै अन्य विभिन्न पुरस्कारहरुको व्यवस्था गरिएको छ । सिल्भर इन्टरटेनमेन्टको आयोजनामा कार्यक्रम हुन लागेको हो ।

हालसम्म २०१० मा सविना सुब्बा, २०११ मा प्रतिभा श्रेष्ठ, २०१२ मा अस्मिता गुरुङ र २०१३ मा नेहा बजाज, २०१४ मा नेमिता आङवुहाङ लिम्बुले मिस पुर्वाञ्चलको उपाधि हात पारिसकेका छन् ।

6 5 3 1 2