६ कार्तिक २०८३, शुक्रबार

समाजवादी पार्टीका नेतामाथि दिउँसै गोली प्रहार

9.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ साउन । कपिलवस्तुमा समाजवादी पार्टीका स्थानीय नेतामाथि गोली प्रहार भएको छ ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका पार्टी अध्यक्ष रामनयन यादवमाथि आज दिउँसो गोली प्रहार भएको हो । मोटरसाइकलमा आएका दुईजना व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए ।

उनको कुममा गोली लागेको छ । यादवको कपिलवस्तु जिल्ला अीपतालमा उपचार भइरहेको छ । उनी पूर्व नयाँ शक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार समेत बनेका थिए ।

गोली प्रहार गर्ने व्यक्तिलाई आफूले चिनेको यादवले बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।