६ कार्तिक २०८३, शुक्रबार

आफ्नै नजरमा नेकपा, नेपाली सर्वहारा श्रमजीवी वर्गको राजनीतिक दल

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफूलाई नेपाली सर्वहारा श्रमजीवी वर्गको दलका रूपमा व्याख्या गरेको छ । राजधानी दैनिकले समाचार छापेकाे छ ।

नेकपाको १४ महिनाअघि सम्पन्न केन्द्रीय कमिटीको बैठकबाट पारित राजनीतिक प्रतिवेदनमा आफूलाई श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने उल्लेख गरेको छ । सो प्रतिवेदन हालै प्रकाशित भएको छ ।

वर्गीय तथा सामाजिक उत्पीडनमा परेका सबै उत्पीडित वर्ग, समुदाय, देशभक्त शक्तिहरू र आमजनसमुदायको हितको समेत प्रतिनिधित्व नेकपाले गर्छ । राष्ट्रिय पुँजी र राष्ट्रिय पुँजीपति वर्गको हितको समेत प्रतिनिधित्व गर्ने पार्टी नेकपा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादको आधार निर्माणतर्फ अगाडि बढ्ने पार्टीको मुख्य कार्यदिशाका रूपमा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसका लागि राष्ट्रिय पुँजीवादी उत्पादक शक्तिको विकास, राष्ट्रिय पुँजीवादी आर्थिक क्रान्ति र समृद्धिको लक्ष्य अघि सारिएको छ ।

भूमण्डलीकृत साम्राज्यवादसँग संघर्ष गरेर अर्थतन्त्रलाई समाजवादोन्मुख नबनाएसम्म राष्ट्रिय पुँजीवादको विकास गर्न नसकिने निष्कर्षसहित समाजवादोन्मुख राष्ट्रिय पुँजीवादीको विकास र सामाजिक न्यायसहितको समृद्धि तात्कालिक दिशा, कार्यभार र लक्ष्य हुने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा तत्कालीन नेकपा एमालेले स्वीकार गरेको ‘जनताको बहुदलीय जनवाद’ र तत्कालीन माओवादीले लिएको ‘२१ औं शताब्दीको जनवाद’लाई मिलाएर ‘जनताको जनवाद’ लागू हुने कुरा उल्लेख छ ।

शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाट अघि बढ्ने नीतिले बहुदलीय प्रतिस्पर्धात्मक निर्वाचन, संसद् र सरकारलाई संघर्षको मुख्य मोर्चाका रूपमा लिने कुरा स्पष्ट रूपमा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संविधानको कार्यान्वयन गर्दै शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत सरकार निर्माण गरी राष्ट्रिय स्वाधीनता एवं हितको रक्षा गर्दै समाजवादोन्मुख समावेशी लोकतन्त्रको सफल प्रयोग गर्ने कुरा प्रतिवेदनमा उल्लेख छ ।