१७ कार्तिक २०८३, मंगलबार

खाल्डोमा डुबेर दुई वर्षीय बालकको मृत्यु   

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, ९ साउन । अविरल वर्षासँगै पानी जमेको खाल्डोमा डुबेर सिरहाको गोलबजार नगरपालिका–२ तेतरियामा एक नाबालकको हिजो साँझ मृत्यु भएको छ ।

घर नजिककै पानी जमेको खाल्डोमा डुबेर स्थानीय सन्तोष साहको दुई वर्षीय छोरा अङ्कितकुमार साहको मृत्यु भएको हो । डुबेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि आरके मेडिसिटी धनगढी लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

लागूऔषधसहित दुई युवक पक्राउ    

प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुई युवकलाई आज पक्राउ गरेको छ । प्रहरीको गस्ती टोलीले सिरहा नगरपालिका–१७ स्थित भन्सार कार्यालय अगाडिबाट लागुऔषधसहित सिरहा नगरपालिका–४ निवासी २३ वर्षीय मो सालिक सिद्धिकी र २४ वर्षीय औरन जेवराहीलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको स६प ५२०५ नंको मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकलमा सवार दुवैको साथबाट लागुऔषध नाइट्रोभेट ११ थान, १० ग्राम गाँजासमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । –रासस