१७ कार्तिक २०८३, मंगलबार

सरकारले लागू गरेको भिसिटिएस प्रणालीप्रति असन्तुष्टि

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-प्रतिक पौडेल
भैरहवा, ७ साउन । प्रतिनिधिसभा सार्वजनिक लेखा समिति सभापति भरत शाहले सरकारले लागू गरेको भिसिटिएस प्रणाली अव्यवहारिक भएको बताएका छन् ।

शाहले सरकारले लागू गरेको सामाजिक सुरक्षा कोष, सामान ढुवानीमा भिसिटिएस सिष्टम लगायत अव्यवहारिक भएका बताएका छन् ।

एक हजार भन्दा बढी खर्च देखाउँदा प्यान अनिवार्य व्यवहारिक नभएको भन्दै शाहले सम्बन्धित निकाय सँग छलफल अगाडी बढाउने बताए ।
सिद्धार्थ उधोग वाणिज्य संघ रुपन्देहीले आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै शाहले सरकारले स्वदेशी लगानी कस्ने काम गरेको बताएका छन् ।

उनका अनुसार विदेशी लगानीको नाममा विदेशी कागज मात्र प्रस्तुत गरेर अर्बौ ऋण नेपाली बैंक बाट लिएर लगानी भएको जानकारी दिए । उहाँले विदेशी लगानीमा मापदण्ड बनाउनु पर्ने बताए ।

सरकारले ल्याएको भूमि विधेयक खतरनाक भएको बताए । उद्योगले प्रयोग भएको बाहेकको खाली जग्गा सार्वजनिकरण गर्ने खालको विधेयक आएकोले खतरनाक भएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रुपन्देही जिल्ला सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले सरकारको उत्पादन बढाएर अघि बढ्ने खालको कुनै योजना नभएको बताउनु भयो । रज्जाकले सरकार इतिहासकै कमजोर भएको दावी गर्नु भयो । रज्जाकले प्रधानमन्त्री आफैमा कमजोर रहेको महसुस आफुहरुले गरेको बताउनु भयो ।

सिद्धार्थ उधोग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपानेले भिसिटिएस, सामाजिक सुरक्षा कोष, ढुवानीमा भ्याट ,प्यान लगायतका अव्यवाहरिक नियमहरु एकैपटक लागु गरेर व्यवसायीलाई अप्ठ्यारोमा परेको जानकारी दिनुभयो । न्यौपानेले भिसिटिएस प्रणाली प्रविधि राम्रो बनाएर लागु गर्नु पर्ने बताउनु भयो भने सामाजिक सुरक्षा कोषमा राज्यको पनि लगानी हुनु पर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा बोल्दै संघका पुर्व अध्यक्ष ओमकार गौचन, रामकुमार शर्मा, महेन कुमार श्रेष्ठ, पुर्व उपाध्यक्ष चनमान श्रेष्ठ, उधोग उपाध्यक्ष अरुण गोयनका, महासचिव नेत्र प्रसाद आचार्य, स्याम अग्रवाल, दिपक पौडेल, दिपेश पछाई लगायतले तयारी कम भएकोले लागु हुन कठिनाई हुने हुनाले सरकारले तयारीका साथ अध्ययन गरेर ब्यवस्थाहरु लागु गर्नु पर्ने बताउनु भएको हो ।