१७ कार्तिक २०८३, मंगलबार

जङ्गली च्याउ खाँदा तीन जना बिरामी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


चितवन, ५ साउन । जङ्गली च्याउ खाँदा भरतपुर महानगरपालिका–८ सीताराम चोकका एकै परिवारका तीन जना बिरामी भएका छन् ।

बिरामी पर्नेमा २५ वर्षीय बुद्धलाल बोलन, उनकी श्रीमती २४ वर्षीया सरिता र चार वर्षीय छोरा समिर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीनैजनाले आज बिहान जङ्गली च्याउ पकाएर खाएका थिए । बिरामी परेका उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । –रासस