
काठमाडाैँ, ५ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले सबै जिल्लाका इन्चार्ज र सह-इन्चार्जको टुंगो लगाएको छ।
आइतबार प्रधानमन्त्री निवासमा बसेको सचिवालयको बैठकले सबै जिल्लाका इन्चार्ज र सह-इन्चार्जको टुंगो लगाएको हो । ७७ जिल्ला र ६ वटा महानगरपालिकाको इन्चार्ज र सह-इन्चार्ज टुंगो लागेको प्रवक्ता नाराणकाजी श्रेष्ठले बैठकपछि जनाकारी दिए।
टुंगिएका ८३ स्थानमा पूर्वएमालेको भागमा ४५ र पूर्वमाओवादीको भागमा ३८ इन्चार्ज परेका छन् । इन्चार्ज पूर्वएमालेको भएका जिल्लामा सह-इन्चार्ज पूर्वमाओवादी र पूर्वमाओवादीका भागमा इन्चार्ज परेको जिल्लामा सह-इन्चार्ज पूर्वएमालेबाट छन् ।
कतिपय जिल्लामा पूर्वमाओवादी र पूर्वमाओवादी दुवैबाट सह-इन्चार्ज तोकिएका छन् ।
नेकपाले एउटै जिल्लामा १० जनासम्म सह-इन्चार्ज तोकेको छ । सिरहामा १०, धनुषामा ९, काठमाडाैँमा ९, दाङमा ९, कैलालीमा ८ जना सह-इन्चार्ज ताेकिएको छ ।
नेकपाको अर्को बैठक पर्सि (मंगलबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।
हेर्नुहोस् सूची :















प्रतिक्रिया