६ कार्तिक २०८३, शुक्रबार

जेल जीर्ण, कैदी कोचाकोच

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ५ साउन । प्रदेश १ का कारागारमा रहेका कैदी बन्दीले सजिलोसँग बस्न, सुत्न र खान पाएका छैनन्। उनीहरू बिरामी हुँदा औषधिउपचार सेवाबाट वञ्चित छन्।

सरकारले कारागारलाई सुधारगृहका रूपमा विकास गर्ने योजना बनाए पनि कार्यान्वयन नहुँदा उनीहरूले सास्ती पाएका हुन्। अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ ।

सामुदायिक सेवाअन्तर्गत कैदी बन्दीले विद्यालय, अस्पताल, स्थानीय निकाय, देवालय, वृद्धाश्रम, अनाथालयलगायत अन्य सामाजिक संघसंस्थाले सञ्चालन गरेका प्राकृतिक तथा सामाजिक संरक्षणका कार्यमा सेवा गर्नुपर्ने व्यवस्था छ। कारागार व्यवस्थासम्बन्धी ऐन २०६६ ले समुदायमा सेवा गर्न चाहने कैदी बन्दीलाई लक्षित गरी खुला कारगार सेवाको अवधारणा ल्याएको थियो।

प्रदेश १ का कैदी बन्दीले भवन चर्किएर ढल्न लाग्दा वर्षात्को समयमा रातभर सुत्न नपाएको गुनासो गरेका छन्। मोरङ कारागार विराटनगरका कैदी बन्दी केही दिनअघि अत्यधिक वर्षा भएका कारण पानीमा चोबलिएर बसे। २ सय ५० जनाको क्षमता भएको कारागारमा ८ सय ५९ जना कोचिएका छन्।

तीमध्ये ४ जना आश्रित बालबालिका छन्। गर्मीमा पंखा र बाढीमा जोगिने ठाउँ नहुँदा कैदी बन्दी व्यवस्थापनमा समस्या भएको कारागार व्यवस्थापन शाखाकी नासु कल्पना श्रेष्ठ बताउँछिन्। धेरै कैदी बन्दी कोचिएर राख्नुपर्दा उनीहरूमा छालाको रोग देखिएको छ।

४५ वर्षअघि २५ जना क्षमताको (ङ) श्रेणीको पाँचथर कारागारमा ६ गुणा बढी कैदी बन्दी कोचेर राखिएको छ। पुरानो भवन र पटकपटकको भूकम्पको धक्काले जीर्ण बनेको भवनमा पानी पर्दा भवन भत्कने डरले कैदी सुत्न सक्दैनन्।

२०७२ सालको भूकम्पले चर्किएर जीर्ण बनेको कारागारभित्र दुई नाबालकसहित एक सय ४७ जना कैदी बन्दी राखिएको छ। तीमध्ये एक सय २९ पुरुष, १६ महिला, एक बालक र एक बालिका छन्।