
घोराही, ४ साउन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्यदेखि जटिल प्रकृतिका करिव एक हजार बढी अप्रेसन भएका छन् । गएको पुसदेखि असारको दोस्रो हप्तासम्म प्रतिष्ठानले दिएको तथ्याङ्क अनुसार साना तथा जटिल प्रकृतिका ९ सय ११ वटा अप्रेसन भएको हो ।
प्रतिष्ठानको स्रोत साधनको अधिकतम सदुपयोग गरेर प्रतिष्ठान स्थापना भएपछि अहिलेसम्मको रेकर्ड अनुसार यति ठुलो संख्यामा उपचारमा आउने बिरामीको सामान्य तथा जटिल प्रकृतिका अप्रेसन भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यवाहक भिसि प्रंसुति रोग विशेषज्ञ डा। बसन्त लामिछानेले बताए ।
यो अप्रेसन सख्यामा प्रसुतिका सामान्यदेखि जटिल अप्रेसन जोडिएको छैन । प्रतिष्ठानमा भएको अप्रेसनमा प्रसुतिको सेवा लिन आउने महिलाहरुको संख्याको तथ्याङ्क जोड्दा एक हजार ९ सय ७४ पुग्ने बताए । प्रतिष्ठानले दिएको जानकारी अनुसार सामान्य प्रसुति सेवा ६ सय ७ जनाले, गम्भीर प्रकृतिको २ सय ६ जना र जटिल प्रकारका प्रसुति सेवा २ सय ५० जना महीलाहरुले लिएका छन् ।
कार्यवाहक भिसि लामिछानेले प्रतिष्ठानमा आउने सुत्केरी महिलाहरुलाई निशुल्क प्रसुति सेवा दिएको भन्दै प्रतिष्ठानले दिइरहेको प्रसुति सेवाको वारेमा गलत प्रचार गरिएको बताए । उनले प्रसुति रोग विशेषज्ञमा आफु मात्रै रहेको र जनशक्तिको कमीले अपेक्षा अनुरुप सेवा दिन नसकिएको बताउदै जनशक्ति थपिएमा सेवालाई प्रभावकारी बनाउन सकिने बताए ।
डाक्टर पनि व्यक्ति भएकाले आफूहरुको बाध्यता बुझीदिन पनि उनले सबैमा आग्रह गरेका छन् । ‘एउटै डाक्टर कति समय खट्न सक्छ, हामीले सकेसम्म रात दिन नभनेर सेवा दिएका छौ, प्रसुतिको विशेषज्ञको जनशक्ति नै कमी छ, त्यसैले अपेक्षा अनुरुप सेवा प्रभावकारी बनाउन सकिएको छैन, जनशक्ति र बजेटको ब्यवस्था हुनासाथ हामी प्रतिष्ठानको सेवा थप प्रभावकारी बनाउदै लैजान्छौ, हामीहरु प्रतिष्ठानलाई माथि उठाउन खोजिरहेका छौ, सबैको सकारात्मक सहयोगको अपेक्षा गरेका छौ–उनले भने ।
प्रतिष्ठानले दिएका जानकारी अनुसार सर्जनमा सामान्य १ सय ८५ जना र जटिलमा १ सय १२ जना बिरामीहरुको अप्रेसन गरीएको छ । यसअघि सामान्य भन्दा सामान्य अप्रेसन निजी अस्पतालमा सरकारी चिकित्सकहरुले महङ्गो मुल्य लिएर गर्दै आएका थिए । त्यस्तै सर्जनमा विस्तारित स्वास्थ्य सेवा अन्तर्गत सामान्य १ सय १२ र गम्भीर २ सय १५ जना बिरामीको अप्रेसन गरिएको प्रतिष्ठानका शाखा अधिकृत झंकार लामीछानेले जानकारी दिए ।
अर्थोपेडिक (हाडजोर्नि) सम्बन्धि सामान्य ८४ र जटिल ९८ जना बिरामीको अप्रेसन गरिएको छ भने विस्तारित स्वास्थ्य सेवामा सामान्य एक जना र जटिल ६८ जना विरामीको अप्रेसन गरीएको छ । यसैगरी नाक कान घाटि९इएनटि० सामान्य ३६ जनाको अप्रेसन गरीएको छ । प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुले वाहीर अभ्यास गर्न नपाउने प्राब्धानपछि सबै अप्रेसन प्रतिष्ठानभित्रै हुँदै आएको छ ।
प्रतिष्ठानले सरकारी कार्यालयको समयपछि थप छिटो छरीतो इमरजेन्सि सेवाका लागि दिउसो पेइङ क्लिनिक सेवा सञ्चालन गर्दै आएको छ । प्रतिष्ठानमा कार्यरत चिकित्सक नर्सहरु अहिले विरामिले खोज्दा अस्पतालमै भेटिने गरेका छन् ।
यसअघि प्रतिष्ठानले साविक राप्ती उपक्षेत्रीय अस्पताल हुँदा वार्षिकरुपमा न्युन अप्रेसन हुने गरेको र प्रतिष्ठान आएपछि अस्पतालमा अप्रेसन हुनेको सख्यामा बढोत्तर अवस्थामा रहेको प्रतिष्ठानका कार्यवाहक निर्देशक हाडजोर्नि विशेषज्ञ डा. सागर क्षेत्रीले बताए । केही समय अगाडि प्रतिष्ठानले विभिन्न निजि क्लिनिक तथा अस्पतालमा कार्यरत रहेको सुचना पाएपछि छानविन गरेर कारवाही गरीसकेको छ ।












प्रतिक्रिया