१८ कार्तिक २०८३, बुधबार

टिपरको ठक्करबाट एकको मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


सप्तरी, ३ साउन । रुपनी गाउँपालिकामा टिपरको ठक्करले आज एक मोटरसाइकल चालकको मृत्यु भएको छ । वडा नं– १ स्थित रुपनी–राजविराज सडकखण्डमा टिपरको ठक्करले घाइते मोटरसाइकल चालक ४५ वर्षीय महेन्द्र मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुपनीबाट राजविराजतर्फ आउँदै गरेको बा ४ख ५५४२ नं को टिपरले राजविराजबाट रुपनीतर्फ जाँदै गरेको स ९प ७९१८ नं को मोटरसाइकललाई ठक्कर दिँदा मण्डल गम्भीर घाइते भएका थिए ।

टाउको र खुट्टामा चोट लागि उपचारका लागि रुपनीस्थित युनिक अस्पतालमा भर्ना भएका मण्डलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताउनुभयो । –रासस