१७ कार्तिक २०८३, मंगलबार

रोजगारीको प्रलोभन देखाई भारत लैजाँदै गरेका ११ जनाको उद्दार

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, ३ साउन । रोजगारीको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले ११ जनालाई उद्दार गरेको छ ।

उनीहरुलाई भारततर्फ लैजाने कार्यमा संलग्न मोरङ उर्लाबारी नगरपालिका-४ बस्ने ४८ वर्षीय फुर्का उराम, ४५ वर्षीया फुल कुमारी उराम र सुनसरी हरिनग्रा गाउँपालिका-७ बस्ने ४० वर्षीय हफिज अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न प्रलोभनमा पारी केही व्यक्तिहरूलाई भारततर्फ लाँदै गरेको भन्ने जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुको उद्दार गरी अभियुक्तहरुलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।