१७ कार्तिक २०८३, मंगलबार

मध्यपहाडी लोकमार्ग अन्तर्गत खुर्कोट–घुर्मी सडक एक सातापछि खुल्याे

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ३ साउन । मध्यपहाडी लोकमार्ग अन्तर्गत खुर्कोट–घुर्मी सडक एक सातापछि शुक्रबारदेखि खुलेको छ ।

गएको असार २६ गते राति बन्द भएको सडक शुक्रबार बिहानदेखि खुलेको हो ।

झण्डै ६० किलोमिटर लामो यो सडकखण्डको धेरै ठाउँमा पहिरो खसेको थियो । सडकको विभिन्न ६ ठाउँको पहिरो पन्छाएपछि बिहीबार बेलुकादेखि एकतर्फी खुलाइएको बाटो शुक्रबार बिहानदेखि दुइतर्फी नै खुलेको प्रहरीले जनाएको छ ।

पहिरोका कारण बन्द भएकोे मेची राजमार्गमा पहिरो पन्छाउन समस्या भएको छ । ठूलो पहिरो खसेकाले पन्छाउन समस्या भएकाले यो खण्डमा केही दिन यता गाडी चल्न सकेका छैनन् ।