६ कार्तिक २०८३, शुक्रबार

काठमाडाैंकाे सिनामंगलमा ४३ राेपनी सरकारी जग्गा व्यक्तिकाे नाममा, मालपाेतबाट ढड्डा गायब

5.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ३ साउन । सिनामंगलको ४३ रोपनी ५ आना ३ पैसा सरकारी जग्गा व्यक्तिका नाममा पाइएको छ । कान्तिपुर दैनिकले समाचार छापेकाे छ ।

काठमाडौँ मेडिकल कलेज अघिल्तिर पर्ने साबिक कित्ता नं ३६५ को उक्त जग्गाको विवरण मालपोत कार्यालय डिल्लीबजारको ढड्डाबाट भने गायब पारिएको छ ।

सिनामंगलको फाँटमा वाग्मती खोला पसेपटि गुठी संस्थाले २०४४ माघ ५ गते त्यसको ४३ रोपनी ५ आना ३ पैसा जग्गा सरकारको नाममा दर्ता गर्ने निर्णय गरेको थियो । त्यसलार्य विभिन्न मुद्दा मामिला गरेर  नारायणप्रसाद लामिछानेले कब्जामा लिएका थिए ।

सर्वोच्च अदालतले ९ वर्षअघि अन्तिम फैसला गर्दै जग्गा सरकारकै नाममा दर्ता गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेश कार्यान्वयन नगरिँदा त्यस ठाउँमा अहिले व्यक्तिगत घरैघर छन् ।