१७ कार्तिक २०८३, मंगलबार

खोलामा डुबेर बालकको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


रौतहट, १ साउन । बौधिमाई नगरपालिका–९ स्थित अरुवा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बौधिमाई नगरपालिका–९ का उपेन्द्र साहका आठ वर्षीय छोरा रन्जित छन् । खोलामा नुहाउने क्रममा डुबेर सोमबार उनको मृत्यु भएको प्रहरी चौकी बंकुलका प्रहरी नायब निरीक्षक कल्याण आले मगरले जनाउनुभएको छ । उनको शव परिवारको जिम्मा लगाइएको पनि उहाँले बताउनुभयो । –रासस