६ कार्तिक २०८३, शुक्रबार

प्रदेश सरकारले एक वर्षमै किन्याे २९ कराेडकाे लक्जरियस गाडी

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ३१ असार । सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा २९ करोडभन्दा बढीका गाडी खरिद गरेको छ । अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ ।

जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास बजेट खर्च गर्न नसकेका प्रदेशले मन्त्री र कर्मचारीको सेवाका लागि भने करोडौँको गाडी खरिद गरेको हो ।

०७५/७६ मा ३० वटा लक्जरियस गाडी, ४८ वटा मोटरसाइकल, १६ वटा एम्बुलेन्स खरिद गरेको हो । जसमा प्रदेश सरकारले २९ करोड १९ लाख १६ हजार रुपैयाँ खर्च गरेको छ ।

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्यमन्त्री त्रिलोचन भट्ट चढ्ने गाडीसहित ८ वटा पुरानै गाडी छन् । मुख्यमन्त्री भट्टले १ करोडभन्दा बढी पर्ने टोयटा कम्पनीको फरचुनर मोडेलको गाडी चढ्दै आएका छन् ।

यद्यपि, मन्त्रालयले थप नयाँ ८ वटा मोटरसाइकल र २ वटा गाडी खरिद गरेको छ ।