
-प्रतिक पौडेल
भैरहवा, असार ३० । बालविवाह मुक्त समाज निर्माण गर्न आफुहरु प्रतिबद्ध रहेको भैरहवामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । सोमबार भैरहवामा आयोजित बालविवाह अन्त्यका लागि धार्मिक गुरुहरुको भूमिका बारे अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले रुपन्देही जिल्लालाई बालविवाह मुक्त जिल्ला बनाउने कुरामा प्रतिबद्ध रहेको बताएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि रुपन्देही जिल्ला समन्वय समिती प्रमुख एकराज विश्वकर्माले समाजका सबै कुरिती अन्त्य गर्न सके बालविवाह मुक्त समाज निर्माण हुने बताउनु भएको छ । विश्वकर्माले नेपालमा बिगतमा राज्य संचालनमा कमजोरी भएको कारण विभेद सिर्जना भएकोले समाजका सबै विभेदको अन्त्य गरिनु पर्ने बताउनु भयो ।
नमुना एकिकृत विकास परिषदले भैरहवामा सोमबार आयोजित उक्त कार्यक्रममा बोल्दै विश्वकर्माले बालविवाह हुन नदिन समाजका कुसंस्कार हरु हटाउनु पर्ने जानकारी दिनु भयो ।
सन् २०२० सम्म नेपालमा बालविवाह न्युनिकरण गर्ने र सन् २०३० सम्म अन्त्य गर्ने संघीय सरकारले लिएको लक्ष्यमा रहेर रुपन्देही जिल्लामा पनि अभियान चलाउदै आएको जानकारी नमुना एकिकृत विकास परिषदको अध्यक्ष ज्ञानु पौडेलले बताउनु भयो । पौडेलले बालबालिकाको बिकासको बाधक तत्व बालविवाह रहेको बताउदै बालविवाह मुक्त समाज निर्माण गरिनुपर्ने जानकारी दिनु भयो ।
कार्यक्रममा राष्ट्रिय अन्तरधार्मिक संजालको अध्यक्ष डा नमन उपाध्यायले बालविवाहलाई प्रोत्साहित गर्ने कुरा कुनै पनि धार्मिक ग्रन्थमा नरहेको बताउदै बालविवाह समाजको लागि गलत भएको बताउनु भयो ।
कार्यक्रममा पुर्व सभासद आनन्द भिछुले नेपालमा बालबालिका हुर्काउने संरचनानै गलत भएकोले समाजिक र धार्मिक मुल्य मान्यता गलत भएको कारण बालविवाह हुने गरेको बताउनु भयो ।
कार्यक्रम राष्ट्रिय अन्तरधार्मिक संजालको सहकार्यमा भएको हो । कार्यक्रममा सबै धर्मका गुरुहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै अरमान हासमीले इस्लामले बालविवाहलाई प्रोत्साहन नगरेको बताउदै आफूहरु बालविवाह अन्त्य गर्न प्रतिबद्ध रहेको बताउनु भयो । कार्यक्रममा डा नम्रता पाण्डेले विवाह दुई आत्मा र दुई परिपक्व व्यक्ती कसैको दबाब बिना हुने कुरा भएको बताउदै बालविवाह अन्त्य गरिनु पर्ने बताउनु भयो । ब्रहमकुमारी ईश्वरिय विश्वविद्यालयको शन्ती दिदिले समाज बिग्रदो अवस्थामा रहेकोले यसलाई सुधार्न अघि बढ्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा सशस्त्र प्रहरी बलका उपरिक्षक बसन्त बोगटी, सुद्धोधन गाउपालिका २ वडा अध्यक्ष बिष्णु प्रसाद बस्याल, सियारी २ अध्यक्ष किसन अहिर, तिलोत्तमा नरपालिका १० अध्यक्ष व्यास मनि थारु, कविराम अर्याल लगायतले बालविवाह मुक्त समाज निर्माण गरिनु पर्ने कुरामा आफ्नो प्रतिबद्धता जनाउनु भएको हो ।
कार्यक्रम नमुना एकिकृत विकास परिषदको सचिव शैलेन तुलाधरको स्वागतमा भएको हो












प्रतिक्रिया