१७ कार्तिक २०८३, मंगलबार

बाढीपीडितलाई लत्ताकपडा र खाद्यान्न

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


विराटनगर, ३० असार । बाढीपीडितलाई स्वास्थ्य उपचार, लत्ताकपडा र खानाको व्यवस्था गरिएको छ । वर्षाका कारणले विराटनगर महानगरपालिका–१२ को बखरीमा पीडित ८० भन्दा बढी घर डुबानमा परेकालाई महानगरले बखरी आधारभूत विद्यालयमा बसाउनुका साथै खाद्यान्नको व्यवस्था गरेको छ ।

पीडित परिवारका घर डुबानमा परी खाद्यान्न, लत्ताकपडा सबै नष्ट भएका छन् भने आफ्नो घर कहिले फर्कने र आफूहरु कति दिन यसरी बस्नुपर्ने भन्ने चिन्ताले सताएको पीडित सोमति ऋषिदेवले बताउनुभयो । सो विद्यालयमा मात्र अहिले ३०० भन्दाबढी मानिस बस्दै आएका छन् भने उनीहरुका साथमा स–साना बालबालिकासमेत रहेका छन् ।

सो विद्यालयमा आज राउन्ड टेबल नेपाल संस्थाले १५० थान कपडासमेत वितरण गरेको छ । पाँचदेखि १२ वर्ष मुनिका बालबालिकाहरुलाई सो कपडा वितरण गरिएको हो । पीडित परिवारलाई बिरामी पर्न नदिन स्थानीय स्वास्थ्य चौकीबाट औषधि वितरण गरिएको छ ।

महानगरपालिकाका प्रमुख भीम पराजुली, उपप्रमुख इन्दिरा कार्की र वडाका जनप्रतिनिधिहरुले बाढीपीडितका घर दैलोमा पुगी आवश्यक बसोबास र खाद्यान्न तथा स्वास्थ्य उपचारको व्यवस्था गरेका हुन् । –रासस