१७ कार्तिक २०८३, मंगलबार

मध्य तराईका खाेला र नदीहरूमा बाढी आउन सक्ने

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ३० असार । मध्य तराईका रातो, खाडो, गागल लगायतका नदीमा बाढी आउन सक्नेभन्दै बाढी पूर्वानुमान शाखाले सचेत गराएकाे छ ।

भारतबाट ठूलो बर्षा गराउने बादल नेपाल प्रवेश गरेकाले थप बर्षाका कारण नदीहरुमा बाढी आउन सक्ने भन्दै सतर्क रहन शाखाले आग्रह गरेको हाे ।

मध्य तराईसँगै काठमाडौ उपत्यकामा पनि राति ठूलो पानी परेको छ । निरन्तरको बर्षाका कारण पूर्वका झापा, मोरङ, इलाममा पनि बर्षा भइरहेकाले नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन शाखाले आग्रह गरेको छ ।

महोत्तरीको भप्सीखोलामा पानीको सतह बढेर पुल जोखिम परेकाले पूर्व पश्चिम राजमार्ग अबरुद्ध भएको छ । बिहान ४ बजेदेखि खोलामा पानीको सतह बढेपछि बेलिब्रिज भत्किन सक्ने भन्दै पुलमा गाडीको आवागमन रोकिएको ट्राफिक प्रहरीले जनाएको छ ।

अहिले पनि देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । गएरातीदेखि पूर्व, मध्य र पश्चिम क्षेत्रका केही पहाडी तथा तराईका जिल्लामा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रातभर आएको पानीका कारण नदीमा पानीको सतह बढेको छ । बर्षाका कारण नदी तथा खोलाहरुमा बाढी आउन सक्ने भन्दे सतर्क रहन महाशाखाले आग्रह गरेको छ । साेमबार दिनभर पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।