१७ कार्तिक २०८३, मंगलबार

रम्भु शर्माको प्रष्टोक्ति– मेरो छवी इटहरीका जनता सामु प्रष्ट छ

4.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, २९ असार । इटहरी उपमहानगरपालिका–१२ का वडा सदस्य रम्भु शर्माले दैनिक नेपालमा प्रकाशित ‘इटहरी–१२ डुब्यो, वडा सदस्य बजेटको पैसामा जाँड खाएर लडे !’ शीर्षकको समाचारले मानमर्दन गरेको बताएका छन् ।

उनले समाचारप्रति ध्यानाकर्षण गराउँदै उक्त समाचारले मानमर्दन भएको जनाएका छन् । दैनिक नेपाललाई पत्र लेख्दै उनले ‘इटहरी उपमाहानगरपालिका वडा नम्बर १२ को सदस्यको पदमा निर्वाचित भएदेखि पाएको जिम्मेवारी बहन गर्न कुनै कसर बाँकी रोखेको छैन । दिनरात नभनिकन जनताको सुखदुखमा होमिएको छु’ भनेका छन् ।

बाढी आउँदा होस् या हावाहुरीे सदैव जनताको सेवामा आफुलाई समर्पित गरेको खनारवासीमा प्रस्ट रहेको बताउँदै उनले लेखेका छन्,‘मैले मदिरा सेवन गरेर होहल्ला र अमर्यादित गतिविधि गरेको कहीँ कसैले पुष्टि गरे नेपालको कानुनअनुसार सजाय भोग्न तयार छु । तर राजनीतिक तथा समाजिक छवि धुमिल्याउने गरी आएको समचारप्रति मर्माहत छु ।’