१७ कार्तिक २०८३, मंगलबार

बाढी-पहिरो अपडेट : मृतकको संख्या ४८ पुग्यो, ३५ जना वेपत्ता

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, २९ असार । दुई दिनदेखिको वर्षासँगै आएको बाढी-पहिरोमा परी मृत्यु हुनेहरुको संख्या ४८ पुगेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा धेरै प्रदेश १ मा १७ जनाको मृत्यु भएको छ  ।  प्रदेश ३ मा १२ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ ।

काठमाडौं उपत्यकामा मात्रै ८ जनाको मृत्यु भएको छ । ललितपुर र भोजपुरमा पाँच-पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ५ अन्तर्गत पाल्पा र दाङमा एक-एक गरी जम्मा दुई जनाको मृत्यु भएको छ । कर्णाली प्रदेशको डोल्पामा पनि २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

देशभर ३५ जना वेपत्ता रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।