१७ कार्तिक २०८३, मंगलबार

बाढी, पहिरो र डुवानलगायतमा उद्दारका नेपाल प्रहरी सक्रिय

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असार अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षकहरु लगायतका प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् ।

काठमाडौं उपत्यकामा ८ हजार ८ सय ५६ जना, प्रदेश नम्बर १ मा ६ हजार ३ सय ५ जना, प्रदेश नम्बर २ मा ५ हजार ७ सय २ जना, प्रदेश नम्बर ३ मा ३ हजार ४ सय ५ जना, प्रदेश नम्बर ६ मा ३ हजार १ सय १२ जना गरी प्रभावित स्थानहरुमा कूल २७ हजार ३ सय ८० जना प्रहरी कर्मचारीहरू उद्धारमा खटिएका छन् ।

उक्त बाढी पहिरोमा परी शनिबार साँझसम्म ललितपुरमा ५ जना, भोजपुरमा ४ जना, काठमाडौं, मकवानपुर, खोटाङ र काभ्रेमा ३र३ जना, धादिङ र सिन्धुलीमा २र२ जना तथा पाल्पा, ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा १र१ जना गरी जम्मा ३४ जनाको मृत्यु भएको छ ।

बाढी पहिरोमा परेका महोत्तरीमा ५ सय जना, रौतहटमा २ सय जना, काठमाडौंमा १ सय ८५ जना, सिन्धुलीमा ७० जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिराहमा २ जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १र१ जना गरी जम्मा ९ सय ७९ जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । बाढी पहिरोमा परी सिन्धुलीमा ४ जना तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङ, ललितपुर, मकवानपुर र भोजपुरमा १र१ जना गरी १६ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

साथै मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १र१ जना गरी जम्मा १२ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका बाटो प्रहरीले सुचारु गराएको छ । धादिङ बेनिघाटरोराङ गाउँपालिका-१० बादरेमोडस्थित पृथ्बी राजमार्ग, हेटौंडाबाट काठमाडौं आउने सम्पूर्ण बाटो, नारायणगढबाट काठमाडौं आउने बाटो, बारा जितपुर सिमरा उपमानगरपालिका-२२ स्थित महेन्द्र राजमार्ग, मकवानपुर हेटौंडादेखि भिमफेदी काठमाडौं सडकखण्ड, ईलाम सूर्योदय नगरपलिका-९ ढोडेस्थित बरबोटेदेखि नयाँबजार जाने भित्री सडकखण्ड, धादिङ नौबिसेदेखि हेटौंडा जाने त्रिभुवन राजपथ, दैलेख गुराँस गाउँपालिका-२ स्थित तल्लो डुङ्गेश्वर सियाकोट सुर्खेत सडकखण्ड लगायतमा भएको अवरोध प्रहरीले हटाई बाटो खुलाएको हो ।

यसैगरी रौतहट चन्द्रनिगाहापुर २ स्थित पुर्वपश्चिम राजमार्गमा ठूला सवारी साधन सुचारु, पाँचथर मेची राजमार्ग, ईलाम रोङ गाउँपालिका ४ स्थित मेची राजमार्ग, तेह्रथुम लालिगुँरास नगरपालिका ९ काडेस्थित म्याङलुङ बसन्तपुर सडकखण्ड लगायतका ठाउँमा अबरोध भएकोमा प्रहरीले एकतर्फी बाटो खुलाएको छ ।

त्यस्तै कतिपय स्थानमा भएको बाटो अवरोध हटाउने कार्य प्रहरीले जारी राखेको छ । जसमध्ये रामेछाप, काभ्रे, सिन्धुली, मुस्ताङ, मनाङ, उदयपुर, खोटाङ, ओखलढुङगा, मकवानपुर, महोत्तरी, रसुवा, कालिकोट, ईलाम, कपिलबस्तु, सल्यान, धनकुटा लगायत जिल्लाका विभिन्न स्थानको सडक अवरोध खुलाउने कार्य हाल जारी छ ।

साथै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा शुक्रबार यती एयरको विमान अवतरण गर्ने क्रममा धावनमार्गको थ्रेसहोल्डबाट चिप्लिएर दुर्घटना हुन पुग्दा भएको अवरोध प्रहरी समेतको सक्रियतामा हटाई विमानस्थल सुचारु गरिएको थियो ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

अछाम, चितवन, ललितपुर र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।
अछाम, कमलवजार नगरपालिका ५ कृतिपुरस्थित सडकमा ना.३ ख ४४५२ नम्बरको ट्रकले सोही ठाउँ बस्ने भरत भण्डारीकी ४ वर्षीया छोरी अस्मिता भण्डारीलाई शुक्रबार साँझ ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन, ईच्छाकामना गाउँपालिका ५ मुग्लिङ बजारस्थित पृथ्वी राजमार्गमा ना.४ ख १७९६ नम्बरको ट्रकमा सडक माथिबाट ठूलो ढुङगा झरी लाग्दा ट्रक सडकबाट करिब ८० मिटर तल त्रिशुली नदीमा खस्दा शनिबार बिहान बेपत्ता भएका सहचालक दाङ घोराही बस्ने २४ वर्षीय अनिल खोजी गर्ने क्रममा नदीमा मृत अवस्थामा फेला परेका छन् । ट्रक चालक ललितपुर बस्ने ४६ वर्षीय माधव थापा मगरलाई उद्धार गरी उपचारको लागि सरकारी अस्पताल भरतपुरतर्फ पठाइएको छ ।

चितवन, रत्ननगर नगरपालिका १६ खैरेटीस्थित सडकखण्डमा खेत जोतेर फर्कदै गरेको ना.७ त ४११ नम्बरको ट्याक्टर अनियन्त्रित भई खेतबाट करिब १५ मिटर तल खेतमा खस्दा गम्भीर घाइते भएका टयाक्टर चालक सोही ठाउँ बस्ने ४५ वर्षीय नारायण न्यौपानेको उपचारको लागि भरतपुरतर्फ लैजाने क्रममा शनिबार दिउँसो बाटोमै मृत्यु भएको छ ।

सुनसरी, ईनरुवा नगरपालिका ३ स्थित पूर्वपश्चिम राजमार्गमा ना.५ ख ३३०९ नम्बरको ट्रकले को.५७ प १७२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाइकल चालक ईनरुवा ६ मधेसा बस्ने ३७ वर्षीय भोगेन्द्र घिमिरेको न्यूरो अस्पताल विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २७ वर्षीय अनिल ऋषिदेव सदाको घाइते भएकाले उपचारको लागि गोल्डेन अस्पताल विराटनगर पठाइएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला
पाल्पाको रामपुर नगरपालिका ५ बसपार्क बस्ने ७० वर्षीया झ्यामा सार्की सोही ठाउँस्थित लाकुरी भन्ज्याङमा शुक्रबार दिउँसो मृत अवस्थामा फेला परेकी छन् । गत असार १७ गतेदेखि घरबाट हिँडेकी उनी उक्त स्थानमा मृत फेला परेकी हुन् ।

कैलाली, कैलारी गाउँपालिका ६ बैलौली बस्ने ६० वर्षीया लबरीदेवी चौधरी शनिबार दिउँसो सोही ठाउँमा मृत अवस्थामा फेला परेकी छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करेन्ट लागेर दुई जनाको मृत्यु
सिराहा, कल्याणपुर नगरपालिका १२ बस्ने ४० वर्षीय रामधने महत्तोको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ । घरमा बिजुलीको प्लग चलाउँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

रुपन्देही, देबदह नगरपालिका ७ बुद्धचोक बस्ने ५९ वर्षीय सन्तबहादुर घर्तीको करेण्ट लागेर मृत्यु भएको छ । हेम्पपाईपबाट पानी चलाई खुट्टा धुने क्रममा करेण्ट लाग्दा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।