१७ कार्तिक २०८३, मंगलबार

मानवता, अध्यात्म र योगको सन्देश ‘साइकल यात्राबाट’

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


प्रतिक पौडेल
भैरहवा, २८ असार । सुर्खेतको सिमरा गाउँपालिका ३ आग्री गाउँका कलिला युवा बालकृष्ण शाहीले असार ६ गते देखि ‘नेपाल साइकल टूर’ सुरु गरेका छन् । नेपालका ७७ वटै जिल्लाको भ्रमण गर्ने गरी सिमरा गाउँपालिका ३ बाट बालकृष्णले नेपाल साइकल यात्रा सुरु गरेका हुन् ।

पाँचौ अन्तराष्ट्रिय योग दिवशको अवसर पारेर असार ६ गते शुक्रबार देखि ‘नेपाल साइकल टूर’ सुरु गरेका बालकृष्णले मानवता, अध्यात्म, योग, संस्कृति र राष्ट्रियताका संदेशहरु देशभर फैलाउन साइकल यात्रा सुरु गरेको बताए ।

नेपालीहरुलाई सचेत, स्वस्थ, सशक्त र जागरुक बनाई राष्ट्र निर्माणको लागी जुटाउन तथा योग प्रचार प्रसार गर्ने उनको मुख्य उद्देश्य रहेको छ । साइकलमा योग प्रचार प्रसारको लागि नेपाल यात्रा गर्ने बालकृष्ण नेपालको पहिलो व्यक्ति समेत हुनेछन् ।

सुर्खेतमा १२ कक्षा पढ्दै गरेका बालकृष्ण चैत २९ गते भारतको हरिद्वार पुगेका थिए । हरिद्वारमा १ महिना उनि स्वामी रामदेव र आचार्य बालकृष्ण बाट प्रभावित भएको बताउछन् ।

१९ बर्षीय बालकृष्ण हरिद्वारमा पतंनजली योग सिकेर वैशाख २९ गते नेपाल फर्किए । नेपाल फर्केर आएपछि उनले भारतमा पतंजली योग बाट सिकेका ज्ञान देशभर प्रचारप्रसार गर्नु पर्छ भन्ने लागेर साइकल यात्रामा निस्किएको बताउछ्न् ।

उनी भन्छन् “म योग प्रशिक्षक त होइन तर पतंनजली योगको लागि मेरो पनि केही योगदान हुनुपर्छ भनेर यसरी अभियानमा हिडेको हुँ”

उनलाई पतंजली योग समिति नेपाल र योग साधकहरुले सहयोग गरेका छन् । उनि हाल सम्म सुर्खेत, बाकें, बर्दिया, दाङ, रोल्पा, प्युठान, अर्घाखाची, गुल्मी, पाल्पा, कपिलबस्तु र रुपन्देही गरि १० वटा जिल्ला पुगेका छन् । उनले हाल सम्म घोराही, जल्पा, संधीखर्क, तम्घास, तानसेन, तौलिहवा, भैरहवा गरि ६ ठाउमा योग शिविर चलाएका छन् । उनी रुपन्देहीको देवदह पुगेर आइतबार आर्को योग शिविर संचालन गरेर अन्य जिल्लाको लागी रुपन्देही बाट बिदा लिनेछन् ।