मुम्बई । बलिउडकी चर्चित अभिनेत्री प्रिती जिन्टा पुन एक पटक चर्चामा आएका छिन् । उनी चर्चामा आउनुको कारण हो सञ्चामाध्यममा छापिएको खबर ।
अभिनेत्री प्रिती जिन्टाले ट्विटरबाट आफ्नो रिस सञ्चारमाध्यममाथि पोखेकी छिन् । प्रितीले आफ्नो र क्रिकेटर युवराज सिंहबीच कुनै सम्बन्ध नभएको भन्दै गलत प्रचार नगर्न ट्विटरबाट मिडियालाई आग्रह गरेकी छिन् ।
प्रितीले ट्विटरमा लेखेकी छिन्–‘प्रिय पत्रकार ज्यू, मैले कतिपटक भन्नुपर्छ की म र युवराज सिंहबीच कुनै सम्बन्ध छैन् । तर किन मिडियाले डेटमा गयो भनेर भन्यो । म युवराजसंग न डेटमा गएकी छु न यसबारेमा सोचेकी छु ।’
प्रितीले मिडियालाई नभएको सम्बन्धको गलत प्रचार तथा लेखन नगर्न आग्रह गरेकी छिन् । ‘प्लीज़ यो लेख्न बन्द गर्नुस की युवराज र प्रिती रिलेशनशिपमा छन् ।’
लामो समयसम्म उद्योगपति नेस वाडियासंग रिलेसनशिपमा बसेकी अभिनेत्री प्रिती जिन्टाले सम्बन्ध विच्छेद गरेकी थिईन् । आफूलाई शोषण गरेको भन्दै प्रीतीले उद्योगपति वाडिया विरुद्ध केही समयअघि मुद्दा हालेकी थिईन् ।













प्रतिक्रिया