१७ कार्तिक २०८३, मंगलबार

मुस्लिम आयोगद्वारा बारा र पर्साका बालबालिकालाई शैक्षिक सामाग्री वितरण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, २६ असार । मुस्लिम आयोगले बारा र पर्साका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

लैगिक हिंसासम्बन्धि जनचेतना सहितको कार्यक्रम लिएर ग्रामिण क्षेत्रको मुस्लिम समूदायको बाहुल्यता रहेको बस्तीमा पुगेको आयोगले मुस्लिम समूदायका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

आयोगले पर्साको टेढाँमा रहेको मदरसा इस्लामिया तलिमुन कुरान र बाराको शम्सुल उलुम प्राथमिक विद्यालय प्रसटोका १ हरपुर बारामा अध्ययनरत ४ सय बालबालिकालाई मुस्लिम आयोग अंकित ब्याग र शैक्षिक सामाग्री वितरण गरेकाे हाे ।

बारा र पर्साका दुर्गम बस्तीमा मुस्लिक समूदायको बाहुल्यता रहेको छ । गरिबीका कारण त्यस क्षेत्रका धेरै बालबालिका बढ्नबाट बञ्चित छन् ।

मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले बुधबार बाराबाट लैगिक हिंसासम्बन्धि साताव्यापी जनचेतना कार्यक्रमको शुरुवात पनि गरेका छन् ।

मुस्लिम समूदायले लैगिक हिंसा अभियानको नेतृत्व गर्ने भन्दै अन्सारीले मुस्लिम समुदायबीच बिभेदको अन्त्य गरिने बताए । उनले पिछडिएको र अत्यन्त गरीव मुस्लिम समूदायका बालबालिकालाई शिक्षाको मुल धारमा ल्याउने संकल्प आयोगको रहेको बताएका छन् ।

आयोगका अध्यक्ष अन्सारीले मुस्लिम समुदायको उत्थानाको लागि आयोगले काम गर्ने र आफूले मुस्लिम समूदायको हक हित र अधिकारको लागि लडिरहने प्रतिबद्धता जनाए ।

मुस्लिम अयाोगको लोगो अंकित ब्याग पाउँदा मुस्लिम समूदायका बालबालिकासमेत दंग देखिन्थे । उनीहरूले पढ्ने चाहना हुँदासमेत पढ्न नपाएको गुनासो आयोगसँग गरेका थिए ।

आयोगले प्रदेश नम्बर–१ र २ मा रहेका मुस्लिम समूदायको बाहुल्यता रहेको बस्ती र मदरसाहरुमा ‘लैगिक हिंसा अन्त्य गरौं’ भन्ने चेतनामुलक कार्यक्रमसहित शैक्षिक सामाग्री वितरण गर्नेछ ।

आयाेगका अध्यक्षा अन्सारीले याे अभियानलाइ अन्य प्रदेशहरूमा पनि सन्चालन गर्ने जनाएका छन् । आयाेगले बालबालिकाकाे शिक्षाका लागि विशेषा जाेड दिँदै आएकाे छ ।