६ कार्तिक २०८३, शुक्रबार

अनेम संघ कैलाली अध्यक्ष सोडारीको फोन– तँलाई नाङ्गै पारेर पिट्छु ‘र*डी’ !

238k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ संगठन अखिल नेपाल महिला (अनेम) संघ कैलालीकी अध्यक्ष गीता दिर्घ सोडारीले अश्लील गाली गरेको अडियो दैनिक नेपालले फेला पारेको छ ।

गीता सुदूर–पश्चिम प्रदेश सरकारका बर्खास्त भएका सामाजिक विकास मन्त्री दिर्घ सोडारीकी पत्नी हुन् । पूर्व सामाजिक विकास मन्त्री सोडारीसँग सम्बन्ध राखेको भन्दै एक महिलालाई गीताले सुन्नै नसकिने गरी धम्कीसहितका गाली दिएकी छन् ।

धम्कीकै भाषा प्रयोग गरी गीताले भनेकी छन्,‘तँलाई नाङ्गै पारेर पिट्छु र*डी । तँ कहाँ जानु पर्ने जा, केपी ओली, प्रचण्ड जहाँ जसकोमा गए पनि जा तँलाई मार्छु ।’

सोही कारण ति पीडित महिला कैलाली पुग्न सकेकी छैनन् । उनले, आफूलाई आएको धम्कीसहितको अडियो र उजुरी अनेम संघ केन्द्रीय कार्यालय, प्रधानमन्त्री ओलीको नीजि सचिवालय बालुवाटारमा बुझाएकी छन् ।

दैनिक नेपाललाई प्राप्त भएका तीनवटा अडियो क्लिपमा गीताले ति महिलाकी छोरीलाई पनि र*डी बनाउनू, छोरासँग सुत्नु जस्ता भाषामा अपशव्द प्रयोग गरी बारम्बार गाली गरेकी छन् ।

सोडारीकै कारण ति महिलाको विचल्ली भएको छ । उनले न्यायका लागि प्रधानमन्त्री कार्यालयसँग शरण समेत मागेकी थिइन् । सोही अडियोलगायतका अपशव्दसहितका कतिपय प्रमाण प्रधानमन्त्री ओली आफैंले पनि प्राप्त गरेको भोलीपल्टै मन्त्री पदबाट दिर्घ सोडारीलाई मुक्त गरिएको थियो ।

जिल्ला खेलकुद विकास समितिको सदस्य समेत रहेकी गीता यसअघि पनि अनेक विवादमा मुछिएकी छन् । जिल्लामा केही गुन्डालाई प्रयोग गरी मनपरी काम गरेको अभियोग पहिला पनि लागेको थियो ।

नेकपाले भने दिर्घ सोडारीलाई उक्त प्रकरणमा कारबाही गरी साधारण सदस्य समेत खारेजी गरेको थियो । गीताको अडियो र उजुरी विभिन्न निकायमा पुग्दा पनि नेकपाले उनलाई कारबाही गरेको छैन । अडियोमा गीताले धम्क्याउँदै ‘म गीता सोडारी हुँ, कसले कारबाही गर्न सक्छ । जहाँ जानु छ जानु’सम्म भनेकी छन् ।

अनेम संघ कैलाली अध्यक्ष गीता सोडारी

गीताका अन्य विवाद 

गीता सोडारीले एमाले कार्यकर्तालाई ज्यान मार्ने धम्की दिएकी थिइन् । धनगढी उपमहानगरपालिका वडा नं. १ शिवनगरस्थित सोडारीको निर्माणाधिन अवस्थामा रहेको घर निर्माणमा प्रयोग गरिएको सामाग्री नालिमा राखेका कारण वस्ती नै डुवानमा परेको विषयमा छलफल चरिरहेका बेला गीता सोडारीले स्थानीय कार्यकर्ता चक्र बोगटीका काका नाता पर्ने ६५ वर्षिय लक्ष्मण बोगटीलाई ज्यान मार्ने धम्की दिएका कारण विवादमा तानिएकी थिइन् ।

नाला थुनिएको र त्यसलाई खोल्नुपर्ने विषयमा छलफल चलिरहेको बेला दिर्घ सोडारीका छोरा बबि सोडारीले लक्ष्मण वोगटीलाई हातपात समेत गरेका थिए । गीताको आदेशमा नै उक्त आक्रमण भएको थियो ।

वर्षाको समय भएको र नाला थुनिएपछि स्थानीयको घरमा पानी पसेको विषयमा छलफल चलिरहेको बेला आईपुगेका एमाले कैलालीका तत्कालिन अध्यक्ष दिर्घ सोडारीले समेत गाली बेइज्जत गरि प्रहरी बोलाएर केही स्थानीयलाई थुन्न लगाएका थिए । स्थानीयहरुको दवाव पछि राति १ बजे पक्राउ परेकाहरुलाई छाडिएको थियो ।

त्यस्तै कुटपिट गरेको विषयलाई लिएर एमाले कैलालीका अध्यक्ष दिर्घ सोडारी, उनकी श्रीमती गीता सोडारी र छोरा बबिका नाममा सार्वजनिक मुद्दा हाल्न प्रहरीलाई पनि दबाबमा पारिएको थियो ।